Indian Workers in Strike
काठमाण्डौ । केन्द्र सरकारले अनस्किल्ड कामदारका लागि न्यूनतम ज्याला दैनिक २४६ भारुबाट बढाएर ३५० रुपैयाँ पुर्याइएको घोषणा गरेको छ । तर, यो ज्याला निकै कम भएको भन्दै शुक्रबार देशभरका १० ट्रेड युनियनले हड्ताल आह्वान गरेका छन् ।
यो हड्तालमा देशभरका १८ करोड कामदार र मजदूर सहभागी भएका भारतीय मिडियाहरुले बताएका छन् । त्यहाँका अधिकारीहरुका अनुसार यो हड्तालले एकदिनमा भारतीय अर्थतन्त्रमा १६ हजार करोडदेखि १८ हजार करोडसम्मको नोक्सानी पुगेको छ । हड्तालबाट बैकिङ, यातायात र उत्पादनमूलक क्षेत्र ठप्प बनेको छ ।
ट्रेड युनियन कोअर्डिनेशन कमिटीका महासचिव एसपी तिवारीका अनुसार १८ करोड मजदूरको हड्तालले भारतको केरेला, उडिसा, आसाम, त्रिपुरा, तेलङ्गना, आन्ध्र प्रदेश, मणिपुर, हरियाणा, पश्चिमबंगाल, महाराष्ट्र, कर्नाटक र उत्तर प्रदेशमा सबैभन्दा बढी प्रभाव देखिएको छ । हरियाणाका केही ठाउँमा हड्तालमा उत्रिएका मजदूरहरुलाई त्यहाँको प्रहरीले हिरासतमा समेत लिएको छ ।
तर, मजदूर हड्तालको असर पञ्जाब, हिमाञ्चल प्रदेश, राजस्थान र छतीसगढमा भने खासै देखिएन ।
किन हड्तालमा उत्रिए मजदूर ?
न्यूनतम ज्याला ३५० भारु बनाउने घोषणाको विरोधमा मजदूरहरु सडकमा उत्रिएका हुन् । उनीहरुले विगत एकवर्षदेखि महंगी अनुसारको न्यूनतम ज्याला तोक्नुपर्ने लगायत १२ वटा माग राखिरहेका छन् ।
मजदूर नेताहरुको अनुसार दैनिक ३५० भारुको न्यूनतम ज्यालाको हिसाब गर्दा महिनाभर विदा बाहेकको दिनमा काम गर्दा मासिक ९ हजार १ सय भारु हुन आउँछ । ट्रेड युनियनहरुले सेभेन्थ पे कमिसनमा जसरी न्यूनतम तलब मासिक १८ हजार भारु लागू गरिएको छ, अनस्किल्ड मजदूरको न्यूनतम ज्याला समेत मासिक १८ हजार हुने गरी तोकिनुपर्ने माग गरेका छन् । यसको अर्थ मजदूरहरुले सरकारले घोषणा गरेको दैनिक ज्याला ३५० भारुको ठाउँमा ६९२ तोक्नुपर्ने माग गरिरहेका हुन् । मासिक रुपमा मजदूरका लागि न्यूनतम ३ हजार रुपैयाँ अलग्गै पेन्सन कोषमा जम्मा हुनुपर्ने माग पनि युनियनहरुको छ ।
कुन–कुन क्षेत्र बढी प्रभावित भयो ?
मजदूर हड्तालका कारण सबैभन्दा बढी बैकिङ, सडक यातायात, आँगनबाडी, मिड डे मिल सेवा, उत्पादनमूलक क्षेत्र र सरकारी कार्यालयहरु समेत प्रभावित भए । तर, रेल्वे सेवामा हड्तालको असर देखिएन । दूध, पानी सेवा तथा मेडिकल स्टोर्स एशोसिएसनसँग आबद्ध मजदूर समेत हड्तालमा सामेल भएनन् । देशको सबैभन्दा ठूलो मजदूर संगठन भारतीय मजदूर संघ पनि हड्तालमा सामेल छैन ।
भारतीय कम्युनिष्ट पार्टीका महासचिव एस सुधाकर रेड्डीले भने केन्द्र र राज्यमा क्रियाशील ट्रेड युनियनले आह्वान गरेको हड्ताललाई समर्थन गर्ने बताएका छन् । उनले कामदारको माग पूर्ण रुपमा सही भएको र सरकारी रबैया झुक्याउने खालको भएको कडा टिप्पणी समेत गरेका छन् ।
सबै तस्वीर : भारतीय संचारमाध्यम
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago