नयाँदिल्ली । New Renault DUSTER ले भारतमा आफ्नो पपुल SUV डस्टरका २०१९ मोडलहरु लन्च गरेको छ ।

DUSTER ले पेट्रोल र डिजल दुवै इन्धन हाल्न सकिने गाडीहरु लन्च गरेको हो ।

DUSTER का ९ वटा गाडीहरु बजारमा लन्च गरिएका छन् । जसमा ३ वटा पेट्रोल र ६ वटा डिजल इन्जनका छन् । 

DUSTER ले फ्रेस र एकदम नयाँ लुक दिनका लागि यसको एक्सटिरियरमा कस्मेटिक अपग्रेड गरिएको छ । फेस लिफ्ट डस्टरको इन्टियरमा पनि केही परिवर्तन गरिएको छ ।

DUSTER मा २५ वटा नयाँ फिचर्स जडान गरिएको दाबी पनि गरिएको छ। नयाँ डस्टरमा दुई नयाँ कलर्स–क्यास्पियन ब्लू र महोगैनी ब्राउनका साथ निकालिएको छ ।

DUSTER को इन्टिरियरमा नयाँ स्टियरिङ ह्विल, अपग्रेडेड टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र सेन्टर कन्सोलमा रेक्ट्याङ्गुलर एसी वेन्ट्स दिइएको छ । ड्यासबोर्डमा सफ्ट टच दिइएको छ ।

DUSTER मा सुरक्षालाई ध्यानमा राखेर ड्युल फ्रन्ट एअरब्याग्स, ईबीडीका साथ एबीएस, सिट बेल्ट, रिमाइन्डर, रियर पार्किङ सेन्सर्स, रिभर्स पार्किङ क्यामरा, हिल स्टार्ट असिस्टम, स्पिड अलर्ट सिस्टमजस्ता सेफ्टी फिचर्स जडान गरिएका छन् ।

DUSTER मा १.५ लिटरको पेट्रोल इन्जिन छ, जुन १०६एचपी को पावर र १४२ एनएम टार्क जनरेट गर्न सक्छ । यसमा ५ स्पिड म्यान्युअल र ६ स्टेप सीभीटी अटोमेटिक गियरबक्स पनि रहेको छ ।

DUSTER मा १.५ लिटर डिजल इन्जिन छ । कम पावर भएको भर्जन ८५एचपी को पावर र २०० एनएम टार्क जनरेट गर्न सक्छ । धेरै पावर भएको भर्जन ११०एचपी को पावर र २४५ एनएम टार्क जनरेट गर्न सक्छ । यसमा ६ स्पिड म्यान्युअल र अटोमेटिक गियरबक्सको अप्सन दिइएको छ।

DUSTER को एक्स शोरुम मूल्य भारु ७.९९ लाखबाट सुरु हुन्छ । RxS (पेट्रोल) मोडलको मूल्य भारु ९.२०, RxS (O) पेट्रोल CVT को मूल्य भारु ९.९९ लाख , ८५PS डिजल RxE को दाम भारु ९.३०, ११०PS डिजल RxS को मूल्य भारु ११.२० लाख र ११०PS डिजल RxZ AMT को मूल्य भारु १२.५० लाख रुपैयाँ तय गरिएको छ। – एजेन्सी