काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०१९ र २०२० मा भारतको ग्रोथ अनुमानमा ०.३० प्रतिशतले कमी आउने जनाएपछि भारतलाई ठूलो झट्का लागेको छ ।
ग्रोथ अनुमानमा ०.३० प्रतिशतले कमी आउनासाथ यी दुई वर्षमा भारतको जीडीपी ग्रोथ क्रमशः ७ र ७.२ प्रतिशत रहने छ । यसले गर्दा भारतको घरेलु डिमान्ड अनुमानभन्दा धेरै कम हुने संकेत पाइएको छ।
उता वासिङ्टनको ग्लोबल फाइनेन्सियल इन्स्टिच्युटले भारत संसारमै सबैभन्दा तीव्रगतिमा आर्थिक उन्नतितर्फ लागिरहेको चीनभन्दा पनि धेरै अगाडि रहने जनाइरहेको छ । तर आईएमएफले आफ्नो वल्र्ड इकोनोमिक अपडेटमा भनेको छ, ‘वर्ष २०१९ मा भारतको इकोनोमिक ग्राथ ७ प्रतिशत रहनेछ । जब कि सन् २०२० मा यो बढेर ७.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ । ग्रोथ अनुमानमा ०.३० प्रतिशतले कमी आउनासाथ घरेलु डिमान्डमा लक्ष्यभन्दा धेरै कमजोर रहने संकेत देखिएको छ ।’
ग्लोबल इन्स्टिच्युटले चीनमा ट्यारिफ वार र कमजोर एक्सटर्नल डिमान्डभन्दा पहिलो नै स्ट्रक्चरल स्लोडाउनको सामना गरिरहेको इकोनोमीमा दबाब बढिरहेको छ । यसका साथै कर्जामा धेरै निर्भरताको सामना गरिरहेको चीनको इकोनोमीमा नियामकीय मजबुत ल्याउन जरुरी छ ।
आईएमएफले पोलिसी राहातको बाहिरी झट्काका बाबजुद इकोनोमिक एक्टिभिटिसको सपोर्ट पाउने अनुमान गरिएको छ । यसले सन् २०१९ र २०२० मा ग्राथ क्रमशः ६.२ प्रतिशत र ६ प्रतिशत रहने अनुमान गरिएको छ । जुन अप्रिलको वल्र्ड इकोनोमिक आउटलुकभन्दा ०.१० प्रतिशतले कम हो ।
चिलीको राजधानी स्याटियागोबाट रिपोर्ट जारी गर्दै आईएमएफकी भारतीय मूलकी चिफ इकोनोमिस्ट गीता गोपीनाले आईएमएफ २०१९ र २०२० का लागि ग्लोबल ग्रोथको अनुमान क्रमशः ३.२ प्रतिशत र ३.५ प्रतिशत रहने बताएकी छन् । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago