काठमाण्डौ । देशमा कोरोना भाइरसको संकट लगातार बढिरहेको भन्दै भारतमा जारी लकडाउन २ हप्ताका लागि पुनः बढाइएको छ ।
भारतको गृह मन्त्रालयलाई उद्धृत गर्दै समाचारमा बताइएअनुसार भारतमा पछिल्लोपटक मे ३ सम्म कायम लकडाउन २ हप्ताले बढेर अब मे १७ सम्म पुग्नेछ ।
यसअघि भारत सरकारले दोश्रो पटक लकडाउन बढाएर त्यसको अवधि मे ३ सम्म कायम गरेको थियो । तेश्रो पटक लकडाउन लम्ब्याएर यसको समयसीमा मे १७ सम्म कायम गरिएको हो ।
यो पटक भने मोदी सरकारले लकडाउनमा केही खुकुलो नीति समेत अवलम्बन गरेको छ । त्यहाँको सरकारले कोरोना जोखिमका आधारमा ग्रीन, ओरेञ्ज र रेड गरी तीन क्षेत्र निर्धारण गरी सोहीअनुसारको निर्देशनहरु समेत जारी गरेको छ।
ग्रीन र ओरेञ्ज जोनमा पर्ने क्षेत्रहरुमा इकमर्सको विजिनेश खुल्ला गर्न अनुमति दिइएको छ । यी क्षेत्रमा अत्यावश्यक बाहेकका सामानहरुको डेलिभरीमा पनि छुट दिइएको छ । यस्तै, ग्रीन जोनमा क्षमताको तुलनामा ५० प्रतिशत यात्रु लिएर सार्वजनिक बस चलाउने अनुमति समेत दिइएको छ ।
ग्रीन जोनका बस डिपोहरुमा ५० प्रतिशत कर्मचारीले मात्र काम गर्न सक्ने गृहको निर्देशनमा उल्लेख रहेको भारतीय न्यूज एजेन्सीहरुले जनाएका छन् ।
तर, यो दौरान कैयन गतिविधिमा रोक नै लाग्ने बताइएको छ । लकडाउनको दौरान स्कूल, कलेज तथा अन्य शिक्षण संस्थाहरु १७ मे सम्मै बन्द हुनेछ ।
यसबाहेक विभिन्न मलहरु, सिनेमा हल, पब्स तथा रेष्टुराँहरु पनि बन्द हुनेछन् । यो क्रममा हवाई, रेल तथा मेट्रोको यात्रामा समेत रोक लाग्नेछ ।
भारतमा पहिलोपटक २१ दिनको लकडाउन लगाइएको थियो । २५ मार्चदेखि १४ अप्रीलसम्म पहिलो लकडाउन लगाइएको थियो । यसपछि १५ अप्रीलदेखि मे ३ सम्म दोश्रो लकडाउन जारी गरिएको थियो ।
भारतमा हालसम्म ३५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसमध्ये ११५२ बिरामीको मृत्यु भइसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago