काठमाण्डौ । नेपाली सेयर बजारमा भइरहेको बढोत्तरीमा ब्रेक लागी अन्यौल सिर्जना भइरहेको बेला छिमेकी भारतको सेयर बजारले भने दैनिकजसोको उछालसँगै नयाँ नयाँ रेकर्ड बनाउन थालेको छ । 

बजार सुधारका प्रयासहरु सरकार तथा नियामकहरुबाट गम्भीर रुपमा हुनसक्यो भने बजार कसरी माथि पुग्छ र लगानीकर्ता कसरी सेयरबाटै मालामाल हुन्छन् भन्ने कुरा भारतको सेयर बजारको दैनिकजसोको उत्साहप्रद बढोत्तरीले देखाइरहेको छ । 

बुधबार भारतको सेयर बजारमध्येको एकको इण्डेक्स सूचक सेन्सेक्सले अहिलेसम्मकै सर्वाधिक उचाई छोएको छ । भारतीय मिडियाहरुका अनुसार सेन्सेक्स ४१४९०.९७ को विन्दू छोएको छ भने अर्को इण्डेक्स निफ्टी पनि १२२०४.३० को ऐतिहासिक बिन्दूमा पुगेको छ । 
भारतका यी दुवै इण्डेक्सले पहिलोपटक ऐतिहासिक उचाई छोएका हुन् । 

त्यहाँ बजार खुलेलगत्तै दुवै इण्डेक्समा तीव्र गतिले बढोत्तरी भएको थियो ।