काठमाण्डौ । साताको अन्तिम कारोबार दिन भारतीय सेयर बजारमा नयाँ कीर्तिमान बनेको छ।
आज बजार खुल्नासाथ सेन्सेक्समा नयाँ कीर्तिमान बनेको हो। सेन्सेक्स पहिलोपटक ६० हजार माथि पुगेको छ। यो समाचार तयार पार्दासम्म सेन्सेक्स ६०१०० को विन्दुमा पुगेको छ।
भारतीय बजारमा अहिले शानदार उछालका साथ कारोबार भइरहेको छ। सेन्सेक्स ३५० अंकले उकालो लागेको छ भने निफ्टी ८० अंकले बढेको छ। निफ्टी पनि अहिले १७९०० मा कारोबार भइरहेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फाइभजीका विषयमा छलफल गरेसँगै सेयर बजारमा उछाल आएको भारतीय विश्लेषकहरु बताउँछन्। मोदीले डिजिटल इन्डियालगायत थुप्रै विषयमा टप अमेरिकी सीईओहरुसँग छलफल गरेका छन्। छलफलमा ब्ल्याकस्टोन ग्रुपका सीईओ स्टिफन स्वारम्यानले भारतमा अझै ४० अर्ब डलर लगानी गर्ने योजना रहेको बताएका छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19