काठमाण्डौ । टेस्लाका सीईओ एलन मस्कले भारतीय बजारमा टेस्ला प्रवेश गर्ने घोषणा गरेका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा छन्। मंगलबार मोदीसँगैको भेटमा मस्कले यस्तो घोषणा गरेका हुन्। 

विश्वको सबैभन्दा ठूलो विद्युतीय कार कम्पनी टेस्लाको भारतमा प्रवेशका विषयमा पनि मोदी र मस्कबीच छलफल भएको थियो। बैठकमा मस्कले भारतीय बजारमा टेस्ला प्रवेश गर्नेबारे जानकारी गराएका थिए। 

मस्कले प्रधानमन्त्री मोदीसँग भेटपछि भारतमा लगानी गर्ने योजनाको पुष्टि गर्दै आफू पनि अर्को वर्ष भारत भ्रमण गर्ने योजनामा रहेको बताए।

मस्कले भारतमा लगानी गर्ने घोषणाले टेस्लाको सेयरभाउमा उछाल आएको छ। कम्पनी सेयरभो ५.३४ प्रतिशतले बढेको छ। योसँगै मस्कको नेटवर्थ एकैदिनमा ९.९५ अर्ब डलरले बढेको छ। उनको सम्पत्ति २४३ अर्ब डलर पुगेको छ। –एजेन्सी