 
                     
                                
                             
                                    काठमाण्डौ । भारतीय सेयर बजार फेरि नयाँ उचाइमा पुगेको छ।
भारतीय सेयरले आज बुधबार खुल्ना साथ नयाँ उचाइ चुमेको हो। सेन्सेक्स २८५ अंकले बढेर ६३७०१ को विन्दुमा उक्लिएको छ। जुन हालसम्मकै उच्च हो।
यसअघि गत जुन २२ मा सेन्सेक्सले नयाँ उचाइ कायम गरेको थियो। यो दिन सेन्सेक्स ६३ हजार ६०१ को उचाइमा पुगेको थियो।
भारतीय सेयर बजारले १५ वर्ष १०००० को विन्दुबाट बढेर ६०००० को विन्दुसम्म पुगेको थियो। १९०० जुलाई २५ मा सेन्सेक्स पहिलोपटक १००० को विन्दुमा पुगेको थियो। यो १००० हजारको विन्दुबाट १०००० हजारको विन्दुसम्म पुग्न करिब १६ वर्ष लागेको थियो। अर्थात २००६ फेब्रुअरी ६ मा सेन्सेक्स १०००० स्तरमा पुगेको थियो।
बीएसईको सेन्सेक्सले त्यहाँबाट ६०००० को विन्दुमा पुग्न १५ वर्षको समयावधि लगाएको थियो। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19