काठमाण्डौ । भारतीय सेयर बजारले आज नयाँ इतिहास रचेको छ। आज नेसनल स्टक एक्सचेन्ज (एनएसई)को इन्डेक्स निफ्टी अल टाइम हाई बनाएको हो। 

त्यसो त कारोबारका क्रममा निफ्टी पहिलोपटक २०००० को विन्दुभन्दा माथि पुगेको छ। निफ्टी २०००८ को विन्दुसम्म पुगेको थियो। तर, अन्तिममा निफ्टी १९९९६को विन्दुमा बन्द भएको छ। जुन अहिलसम्मकै उच्च हो। 

यसअघि गत जुलाई २० मा निफ्टी १९९९१ को विन्दुमा बन्द भएको थियो। जुन हालसम्मकै उच्च थियो। 

आज निफ्टीमा लिस्टेड ५० कम्पनीमध्ये ४६ वटाको सेयरभाउमा बढोत्तरी भएको छ। अन्य ४ कम्पनीका सेयरभाउमा सामान्य गिरावट आएको छ। 

आज सेन्सेक्स पनि ५२८ अंकले बढेको छ। योसँगै सेन्सेक्स ६७१२७ को विन्दुमा बन्द भएको छ। सेन्सेक्सका ३० कम्पनीमध्ये २८ वटाको सेयरभाउ उकालो लागेको छ भने २ वटामा गिरावट आएको छ। –एजेन्सी