काठमाण्डौ । भारतको सेयर बजारमा सूचीकृत कम्पनीको लगातार बृद्धिसँगै बजार पूँजीकरण पनि बृद्धि भइरहेको छ ।

जसकाकारण बम्वे स्टक एक्सचेन्ज(बीएसई) मा सूचीकृत कम्पनीको बजार पूँजीकरण बुधबार अहिलेसम्मकै उच्च बनेको छ । यो दिन ती कम्पनीको बजार पूँजीकरण ३३३ खर्ब रुपैया अर्थात्  ४ खर्ब डलर पुगेको छ । 

सन् २००७ मा बीएसईमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण १ खर्ब डलर थियो ।यो दोब्बर हुन यो दोब्बर हुन १० वर्ष लाग्यो। बजार पूँजीकरण जुलाई २०१७ मा २ खर्ब डलर पुग्यो ।

यसैगरी, बजार पूँजीकरण मे २०२१ सम्ममा बजार क्याप मे २०२१ मा ३ खर्ब डलर पुगेको थियो। तर आज यो बजार पूँजीकरण ४ खर्ब डलर पुगेको छ ।यो साल मात्रै ६०० बिलियन डलर पूँजीकरण बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आज, सेन्सेक्स ५००अंकभन्दा बढि बढेको छ र ६६ हजार ६९९ विन्दुभन्दा माथि कारोबार गरिरहेको छ । निफ्टीले पनि २० हजार विन्दुभन्दा माथि कारोबार गरिरहेको छ ।

सेन्सेक्समा सूचीकृत का २५ वटा कम्पनीको सेयरमूल्य बढको छ भने पाँच वटा कम्पनीको सेयरमूल्य घटेको छ । यो दिन एमएम र विप्रोले सबैभन्दा बढी नाफा कमाएका छन्।

सबैभन्दा ठूलो घाटा नेस्ले र टाइटनले बेहोरेका छन् ।  भारत नवीकरणीय ऊर्जा विकास एजेन्सी आईआरइडीएको सेयरमूल्य आज बीएसई र एनएसई दुबै स्टक एक्सचेन्जहरूमा ५६.२५ प्रतिशत माथि ५० रुपपायमा सूचीकृत भएको  छ। यसको जारी मूल्य ३२ रुपया थियो।
नयाँ कम्पनीहरूको सूचीकरणले बजार बढ्यो
वित्त विज्ञहरुका अनुसार यो वर्ष हालसम्म ४४ वटा नयाँ कम्पनी बजारमा सूचीकृत भएका छन् । जसका कारण सेयर बजारको बजार पूँजी पनि बढेको छ । यसबाहेक नयाँ लगानीकर्ताको  प्रवेशले पनि बजारलाई सहयोग मिलिरहेको छ । -एजेन्सी