काठमाण्डौ । भारतको सेयर बजार सञ्चालक बम्बे स्टक एक्सचेन्ज (बीएससी) र नेशनल स्टक एक्सचेन्ज(एनएसई) को कारोबार मापक सूचकले पुनः एक पटक अल टाइम हाइको रेकर्ड बनाएको छ।

सोमबारको सुरुवाती कारोबारमा दुबै सूचकले नयाँ रेकर्ड कायम गरेको हो। सुरुवाती कारोबारमा नै सेन्सेक्सले ६८ हजार ५८७.८२ अंक छोएको थियो। जुन अहिलेसम्मकै सर्वाधिक उचाइ हो।

सेयर बजारमा तिब्र बृद्धि भएपछि बीएसईमा सूचीकृत कम्पनीहरुको  कुल बजार पूँजीकरण ४३२.६० लाख करोड भारु भएको छ । जबकि डिसेम्बर १ मा बजार बन्द हुँदा यसको बजार पूँजीकरण ३३७.६७ लाख भारु थियो ।

त्यसो त भारतकै अर्को बजार सञ्चालक नेशनल स्टक एक्सचेन्ज(एनएसई) को सूचकले पनि नयाँ रेकर्ड कायम गरेको छ। कारोबार मापक सूचक निप्टी २० हजार ६०२.५० अंकमा उक्लिएको छ। यो अहिलेसम्मको सर्वाधिक उचाइ हो। 

इन्ट्राडे  कारोबारमा निफ्टी २० हजार ६०० र सेन्सेक्स ६८ हजार ६०० माथि उक्लिएको थियो ।

सोमबार सुरुवाती कारोबारमा सेन्सेक्स १ हजार र निप्टी ३०० अंक बढेपछि नयाँ रेकर्ड बनेको हो।

भारतमा केहिदिन अघि भएको विधानसभा चुनावको नतिजाले त्यहाँको पूँजीबजार माथि उकालो लागिरहेको  छ। 

यो दिन बजारको तिब्र बृद्धिमा अदानी ग्रूपका कम्पनीहरुको योगदान रहेको  छ। ती कम्पनीको सेयरमूल्यमा धेरै बृद्धि भएको छ ।

सेयर बजार ४.०९ लाख करोड भारुबढेसँगै कुल बजार पूँजीकरण ३४१.७६ लाख करोड पुगेको छ। विधानसभा निर्वाचन अन्तरगत पाँच वटा राज्यमा भएको चुनावमा ती वटा स्थानमा भारतीय जनता पार्टी(बीजेपी) ले विजय हासिल गरेको छ ।

भारतमा बीजेपीलाई लगानीकर्ताले विश्वास गर्ने गरेका छन्। यसको प्रभाव एसियाली सेयर बजारमा परेको देखिन्छ। 

राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा जितहासिल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले २०२४ मा ‘ह्याट्रिकको ग्यारेन्टी’ को कुरा गरेका छन् ।

यसैबीच एसियाली बजारमा पनि आज चमक देखिएको छ।-एजेन्सी