काठमाण्डौ । भारतीय सेयर बजार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

भारतको सेन्सेक्स इन्डेक्स ०.५८ प्रतिशत अर्थात ७२१ अंकले बढ्दै हाल सम्मकै उच्च बिन्दु ७२,४२१.७६ बिन्दुको उचाईमा पुगेको छ ।  आईटी र मेटल कम्पनीका स्टकहरुको मूल्यमा वृद्धि भएसंगै सेन्सेक्स इन्डेक्समा उछाल आएको हो । 

गत बुधबार पनि सेन्सेक्स इन्डेक्स ०.९८ अर्थात ७०१.६३ अंकले बढ्दै ७२०३८.४३ को उच्च बिन्दुमा पुगेको थियो ।

त्यस्तै भारतको निफ्टी इन्डेक्स पनि हाल सम्म कै उच्च बिन्दुमा पुगेको छ । आज निफ्टी इन्डेक्स पहिलोपटक २१,७००को बिन्दुमा पुगेको छ । 

भारतीय सेयर बजारमा बाह्य लगानीकर्ताको नजर परेपछि सेयर बजारमा उछाल आईरहेको छ ।