काठमाण्डौ । भारतीय बीमा उद्योगमा बढेको विदेशी प्रत्यक्ष लगानी (एफडीआई) को सीमा बढेसँगै अन्तरराष्ट्रिय बीमा कम्पनीहरूले लगानी वृद्धि गरेका छन् । 

भारतको बीमा उद्योगमा एफडीआई क्याप बढेपछि नयाँ पूँजीको आगमन र विश्वव्यापी उत्कृष्ट अभ्यासहरूको स्थानान्तरणसँगै बजारको वृद्धिलाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ । 

भारतको सरकारले एफडीआई सीमालाई सन् २०२१ मा ४९ प्रतिशतबाट ७४ प्रतिशत पुर्‍याएको थियो । एफडीआई सीमा बढेपछि धेरै बीमा समूहहरूले भारतीय बीमा कम्पनीमा आफ्नो अल्पसंख्यक स्वामित्व नियन्त्रणलाई विस्तार गरेका छन्।

भर्खरै, जुरिच बीमा समूहले भारतीय बीमा कम्पनी कोटक जनरल इन्स्योरेन्समा ४८७ मिलियन डलर लगानी प्रस्ताव गरेको छ।

क्रेडिट रेटिङ एजेन्सी एएम बेस्टका अनुसार भारतको बीमा बजारमा उच्च वृद्धिको सम्भावना रहेकाले अन्तरराष्ट्रिय बीमकहरुले भारतमा आफ्नो उपस्थिती विस्तार गरिरहेका छन् । 

भारतको बीमा बजारको उदारीकरण र विदेशी पूँजीको आगमनले   वित्तीय स्रोतहरू प्रदान गर्नुका साथै, ज्ञान हस्तान्तरण र बलियो कर्पोरेट सुशासनलाई प्रोत्साहन गर्ने र समग्र बजारमा प्रतिस्पर्धात्मकता बढाउने छ।

एफडीआईको उच्च प्रवाहले अण्डरराइटिङ क्षमतालाई बढाउने र बीमा प्रडक्टहरुमा नयाँपन ल्याउने छ ।

जसले बीमकहरुलाई जोखिमको फराकिलो दायरा कभर गर्न र समयसँगै भारतमा उच्च बीमा प्रवेशलाई समर्थन गर्न सक्षम बनाउनेछ अपेक्षा छ । 

यद्यपि, विदेशी लगानीकर्ताहरूले अझै पनि स्थानीय स्तरमा अल्पसंख्यक सेयर राख्न इच्छुक र सक्षम स्थानीय साझेदारहरू खोज्न आवश्यक रहेको टिप्पणीमा उल्लेख छ।

एफडीआई प्रतिबन्धहरू खुकुलो भए तापनि धेरै प्रतिबन्धहरू बाँकी छन्, जुन विदेशी लगानीकर्ताहरूको लागि सोचनिय विषय हुन सक्छन् । -एजेन्सी