काठमाण्डौ । भारतीय सेयर बजारमा नयाँ वर्ष सन् २०२४ को पहिलो एक सातामा ४ हजार करोड भारुभन्दा बढी विदेशी लगानी भित्रिएको छ ।
भारतीय मिडियाका अनुसार नयाँ वर्षको पहिलो एक सातामा भारतीय सेयर बजारमा ४ हजार ८ सय करोड भारु विदेशी लगानी भित्रिएको हो ।
त्यस्तै यो अवधिमा भारतीय बोन्ड बजारमा पनि विदेशी लगानीकर्ताले ४ हजार करोड भारु लगानी गरेका छन् ।
भारतीय अर्थतन्त्र विश्वकै सबैभन्दा चाडो वृद्धि भईरहेको अर्थतन्त्रको रुपमा देखिएको अवस्थामा भारतीय सेयर बजार पनि नयाँ उचाईमा पुगिरहेको छ । गत वर्षको डिसेम्बर महिनामा सेन्सेक्स र निफ्टी इन्डेक्सले दिनहुजसो नयाँ उचाई हासिल गरेका थिए । यसो हुनुको मुख्य कारण भारतीय सेयर बजारमा विदेशी लगानीकर्ताको आत्मविश्वास बढ्नु हो ।
आँकडातर्फ हेर्ने हो भने सन् २०२३ मा भारतीय सेयर बजारमा विदेशी लगानीकर्ताले गरेको लगानी शानदार रह्यो । यो वर्ष भारतको सेयर बजारमा कुल २.४ लाख करोड भारु विदेशी लगानी भएको थियो । यसमध्ये १.७१ लाख करोड भारु सेयरमा र ६८ हजार ६६३ करोड भारु बोन्ड बजारमा लगानी भएको थियो ।
-एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19