काठमाण्डौ । भारतीय सेयर बजारले सोमबार अहिलेसम्मकै कीर्तिमानी उचाई कायम गरेको छ ।
यो दिन सेन्सेक्सले उच्च विन्दु चुम्दै कीर्तिमानी उचाई छोएको छ । यो दिन कारोबारको क्रममा बम्वई स्टक एक्सचेन्ज सेन्सेक्स ७३ हजार २८८ र नेशनल स्टक एक्सचेन्ज निफ्टी २२ हजार ८१ विन्दुमा पुगेको छ ।
सोमबार धितोपत्र बजारमा कारोबार सुरुवाती भएसँगै बीएसई सेन्सेक्स ५०५ अंक अर्थात् ०.७० प्रतिशतको बृद्धिसँगै ७३ हजार ७४.११ विन्दुबाट खुलेको थियो । निफ्टी पनि अहिलेसम्मकै नयाँ उचाईमा पुगेको छ । निफ्टी १३५.८० अर्थात्०.६२ प्रतिशतले बढेर२२ हजार ३०.३० विन्दुबाट खुलेको थियो ।
यो दिन आईटी क्षेत्रका कम्पनीको सेयरमूल्यमा धेरै बृद्धि छ । यो दिन विप्रोको सेयर मूल्य ११ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।
कम्पनीको सेयरमा यो बृद्धि भने त्रैमासिक नतिजापछि आएको हो ।विप्रो, एचसीएल टेक्नोलोजी, टेक महिन्द्रा, टीसीएस,एलएन्डटी र इन्फोसिसको सेयरमूल्यमा उल्लेख्य बृद्धि भएको छ ।
यो दिन आईटी र एचडीएफसी बैंक, एसबीआई बैंकको सेयर कारोबार सबैभन्दा बढी भएको छ ।
यसअघि गत शुक्रबार अर्थात् जनवरी १२ मा पनि सेयर बजारले अहिलेसम्मकै उच्च विन्दु बनाएको थियो ।
कारोबारको क्रममा सेन्सेक्स ७२ हजार ७२० र निफ्टी २१ हजार ९२८ विन्दुमा पुगेको थियो । -एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19