काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्यहाँका अधिकांश मुख्यमन्त्रीहरुले लकडाउनको अवधि बढाउनुपर्ने माग राखेका छन् ।
भारतमा कोरोना संक्रमणको अवस्था जटिल बन्दै गएका कारण हतारमा लकडाउन खोल्नु आत्माघाती हुनसक्ने भन्दै उनीहरुमध्ये अधिकांशले केन्द्र सरकारलाई लकडाउन लम्ब्याउन सुझाव दिएका भारतीय मिडियाहरुले जनाएका छन् ।
उनीहरुले आर्थिक गतिविधि भने क्रमशः सुचारु गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
सबै मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गरेका मोदीले लकडाउन जारी राख्ने वा खोल्ने विषयमा एक ठोस नीति बनाउनुपर्नेमा जोड दिएका थिए ।
उनले राज्य सरकारहरुलाई आ आफ्नो क्षेत्रको जोखिममा आधारित रहेर लकडाउनको स्पष्ट मोडालिटी तयार गर्न समेत निर्देशन दिएका छन् । राज्य सरकारले जोखिमका आधारमा ग्रीन, ओरेञ्ज र एल्लो जोन निर्धारण गरी सोही अनुसार लकडाउन खोल्न, खुकुलो बनाउने वा अझै कडाई गर्ने भन्ने नीति अवलम्बन गर्दा उचित हुने सुझाव दिएका छन् ।
जुन जुन राज्यमा कोरोना संक्रमणका धेरै केस छन्, त्यहाँ लकडाउन जारी राख्ने र कम केस भएका वा केस घट्दै गरेका ठाउँमा लकडाउन खुकुलो पार्न सकिने मोदीको सल्लाह छ ।
मोदीले भारतको अर्थव्यवस्थाको विषयलाई लिएर धेरै तनाव नलिन उल्लेख गर्दै यहाँको अर्थव्यवस्था मजबुत रहेको समेत दाबी गरेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले देशका अलग अलग जिल्लाहरुलाई जोखिमका आधारमा यसअघि नै मार्किङ गरिसकेको छ, जसमध्ये १७० भन्दा बढी जिल्ला रेड जोनमा परेका छन् ।
भारतमा मे ३ सम्म लकडाउन घोषणा गरिएको छ । मोदीसँगको कुराकानीमा मुख्यमन्त्रीमध्ये केहीले लकडाउन जारी राख्नुपर्ने सुझाव दिएका, त कतिपयले फेजवाइज लकडाउन खुलाउनुपर्ने सुझाव दिएका भारतीय मिडियाहरुले जनाएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago