काठमाण्डौ । कोरोनाभाइरसको संकट बढ्दै गर्दा भारत सरकारले केही ठूलो कदम अगाडि बढाएको छ।
लगातार कोरोना संक्रमणका मुद्दाहरु बढ्न थालेपछि भारत सरकारले केही अहम् निर्णय लिएको हो। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पत्रकार सम्मेलनमार्फ आयकर रिटर्न फाइल दर्ता गर्ने समय मार्च ३१ बाट बढाएर जुन ३० सम्म पुर्याइएको घोषणा गरेकी छन्। उनले कोरोनाबाट उत्पन्न आर्थिक संकट निवारणका लागि केही राहातका योजना घोषणा हुने पनि बताएकी छन्।
त्यसो त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज राति ८ बजे जनताका नाममा सम्बोधन गर्दैछन्। यही सम्बोधन जनतालाई राहात हुने किसिमका प्याकेजहरु आउने भारतका जनताहरु आशावादी छन्।
वित्तमन्त्री सीतारमणले वित्त वर्ष २०१८–१९ का लागि इनकम ट्याक्स रिटर्नको डेडलाइन बढाएर जुन ३० पुर्याइकी छन्। साथमा जुन ३० सम्मको डिलेड पेमेन्टको ब्याज दर १२ प्रतिशतबाट घटाएर ९ प्रतिशतमा झारिएको उनले घोषणा गरेकी छन्।
यसका साथै टीडीएस डिपोजिटको ब्याजदर १८ प्रतिशतबाट घटाएर ९ प्रतिशतमा सीमित पारिएको छ। तर टीडीएस दर्ताको अन्तिम म्याद जुन ३० नै हुनेछ।
वित्तमन्त्री सीतारमणले जीएसटी रिटर्न दर्ता गर्ने समय जुन ३० सम्म पुर्याएकी छन्। सरकारले मार्च, अप्रिलव र मे महिनाको जीएसटी रिटर्न दर्ता गर्ने समय बढाएको हो।
यसका साथै सानो कारोबारीलाई राहात पनि दिइएको छ। ५ करोडसम्मको टर्नओभर गर्ने कारोबारहीले लेट फिस तिर्नुपर्ने छैन। जब कि ५ करोड रुपैयाँभन्दा ज्यान टर्नओभरमा ९ प्रतिशत लेट फिस लिइनेछ।
वित्तमन्त्री सीतारमणले विवादबाट विश्वास स्मिकको समयसीमा बढाएर जुन ३० सम्म पुर्याइएको घोषणा गरेकी छन्। ट्याक्स विवादसँग बच्न यो समयसीमा पहिले ३१ मार्चसम्म तोकिएको थियो।
वित्तमन्त्रीले आधार प्यान लिंक गर्ने समयसीमा ३१ मार्चबाट बढाएर ३० जुन पुर्याइएको जानकारी दिएकी छन्।– एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago