काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा जेष्ठ १६ गते क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । 

काठमाण्डौं स्थित भि.एस. निकेतनमा अध्ययनरत करिब ३५० भन्दा बढी विद्यार्थीहरुको उपस्थितिमा वातावरणीय प्रभाव, सूूर्तीजन्य पदार्थको नकारात्मक प्रभाव, क्यान्सर रोग तथा मुुटुु रोगको प्रभाव सम्बन्धी साक्षरता कार्यक्रमको आयोजना गरेको छ । 

साथै बैंकले वित्तिय साक्षरता कार्यक्रम गर्दै देश विकासमा वाणिज्य बैंकको भूमिका तथा यसले प्रदान गर्दै आएको सेवा–सुुविधाको बारेमा विद्यार्थीहरुलाई जानकारी दिएको थियो । सो कार्यक्रमलाई अझ प्रभावकारी बनाउन हास्य कलाकार मनोज गजुुरेलको समेत उपस्थिति रहेको थियो । यस्ता जनचेतनामूुलक कार्यक्रमलाई आगामी दिनहरुमा निरन्तरता दिइने समेत बैंकले जारी विज्ञप्तिमा जनाएको छ ।