काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकको न्यूनतम चुक्तापुँजी निर्धारण गरेको छ।
राष्ट्र बैंकले आज भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ लागू गर्दै तीन प्रकारका भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाको वर्गीकरण चुक्तापुँजी निर्धारण गरेको हो। राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने बैंक तथा वित्तीय संस्थाबाहेकका भुक्तानी सेवा प्रदयाक र भुक्तानी प्रणाली सञ्चालकको न्यूनतम चुक्तापुँजी निर्धारण गरेको हो।
नयाँ नीतिअनुसार अब भुक्तानी प्रणाली सञ्चालकको अनुमति लिन चुक्तापुँजी ८० करोड रुपैयाँ हुनुपर्नेछ। नेपालमा जारी भएको भुक्तानी उपकरणमार्फत नेपालबाहिर समेत भुक्तानी कारोबार हुने गरी सञ्चालन हुने संस्थाले यस्तो अनुमति पाउनेछ।
अर्को भुक्तानी प्रणाली सञ्चालकले भने ४० करोड रुपैयाँ चुक्तापुँजी हुनुपर्ने राष्ट्र बैंकले निर्धारण गरेको छ।
यसैगरी भुक्तानी कार्डबाहेक अन्य उपकरणहरु सञ्चालक गर्ने भुक्तानी सेवा प्रदायकको चुक्तापुँजी ५ करोड रुपैयाँ र भुक्तानी कार्डसहित अन्य उपकरणहरुसमेत सञ्चालक गर्ने भुक्तानी सेवा प्रदायकको २५ करोड रुपैयाँ चुक्तापुँजी हुनुपर्ने नीति राष्ट्र बैंकले ल्याएको छ।
यो नीति लागू हुनुअघि राष्ट्र बैंकबाट अनुमतिपत्र लिएका संस्थाको हकमा तोकिएको न्यूनतम चुक्तापुँजी २०८५ असार मसान्तसम्म कायम गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाहरु र विदेशमा स्थापना भई नेपालमा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई न्यूनतम चुक्तापुँजीसम्बन्धी उपर्युक्त व्यवस्था लागू नहुने नीति राष्ट्र बैंकले ल्याएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago