काठमाण्डौ । देवः विकास बैंक लिमीटेडको ठाकुरबाबा नगरपालिका, वडा नं ०१ स्थित भुरीगाउँ बजारमा संचालनमा आएको भुरीगाउँ शाखा कार्यालयको बैशाख २५ गते आयोजित एक समारोह बीच शाखा कार्यालयको ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले विधिवत समुद्घाटन गरे ।
बैंकका संचालक समितिका अध्यक्ष अवकाशप्राप्त उपरथी बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा बिशेष मन्तव्य दिंदै ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले जनताहरुको घर–घरमा बैंकिङ्ग सेवा पुर्याउन सके मात्र समृद्ध नेपाल बनाउन सकिने कुरामा जोड दिंदै नगरको आर्थिक एवं सामाजिक विकासमा देवः विकास बैकले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने विचार व्यक्त गरे ।
सो कार्यक्रममा स्वागत मन्तव्य दिंदै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न तथा सेवाग्राहीहरुलाई सहज वित्तीय पहँुचका साथै निक्षेपकर्ता, स्थानीय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने बताए ।
बैंकका संचालक समितिका सदस्य बिजयराज शर्मा भुसालले स्थानीय उत्पादकत्व बढाउन बैंकले लघुवित्त, साना तथा मझौला व्यवसायमा केन्द्रित गरी लघुउद्यमशीलताको विकास गर्न लगानी गर्ने योजना रहेको जानकारी गराए ।
कार्यक्रममा सभापतिका आसनबाट संचालक समितिका अध्यक्ष अवकास प्राप्त उपरथी बज्र गुरुङले स्थानीय सरकारसँगको सहकार्यमा यस क्षेत्रका आर्थिक समृद्धिका लागि लगानी र अवसर सिर्जना गरिने विश्वाससहित बैंकले आगामी दिनमा देशको पूर्वी क्षेत्रमा थप शाखा विस्तार गरिने बताए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19