काठमाण्डौ । पछिल्ला केही महिनाका दौरान विश्व घटनाक्रममा भएका परिवर्तनहरुले विश्वभरका देशहरुमा खाद्यान्नको अभाव सिर्जना भएको छ ।
सार्क राष्ट्र श्रीलङ्का यसअघि नै खाद्यान्न संकटसँग जुधिरहेको छ । यस्तोमा अब अर्को सार्क राष्ट्र भूटानमा पनि खाद्यान्न संकट देखिन थालेको छ । अहिले विशेष गरेर भूटानका ग्रामीण क्षेत्रहरु खाद्यान्नको अभावसँग जुँधिरहेका छन् । भूटानका अर्थमन्त्री लोकनाथ शर्माले समाचार एजेन्सी रोयटर्ससँग यस्तो जानकारी दिएका हुन् ।
खाद्यान्नको घरेलु माग पूरा गर्न भूटान छिमेकी देश भारतसँग परनिर्भर रहेको छ । भूटानले गत वर्ष भारतबाट ३०.३५ मिलियन डलरबराबरको खाद्यान्न खरिद गरेको थियो । भूटानले भारतबाट मुख्य रुपमा चामल र गहुँ खरिद गर्ने गरेको छ । भारतले हालै गहुँ र चिनी निर्यातमा लगाएको प्रतिबन्धले भूटान थप प्रभावित बनेको छ । रोयटर्ससँगको कुरा गर्दै भूटानका अर्थमन्त्री शर्माले यसबारे पनि चिन्ता व्यक्त गरेका छन् ।
शर्माले कुनै पनि देशको नाम उल्लेख नगर्दै भने,‘खाद्यान्नको कमीले गर्दा अझै बढ्न सक्छ । केही देशले अन्नको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । यसको प्रभाव कस्तो पर्छ भनेर भूटान सरकार चिन्तित छ ।’ तथापि भारतले आफ्ना छिमेकी देशहरुमा निर्यात जारी राख्ने जनाएको छ । यसका साथै भारतले खाद्यान्न संकटसँग जुधिरहेका देशहरुलाई खाद्यान्न प्रदान गर्ने आश्वासन दिएको छ ।
खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाउने भारत सरकारको निर्णयप्रति भूटानको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका सेक्रेटरी जनरलले पनि चिन्ता व्यक्त गरेका छन् । सेक्रेटरी जनरल सान्गे दोर्जीका अनुसार खाने–पिउने वस्तुको मूल्य वृद्धिले भूटानको स्थानीय अर्थतन्त्रलाई घाटा पुर्याउनेछ । दोर्जे भन्छन्,‘हामी खाद्यान्नको आपुर्तीलाई लिएर एकदमै चिन्तित छौँ । महङ्गीले खाद्यान्न संकटलाई थप गम्भीर बनाउनेछ ।’
-Agency
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago