Ncc Bank
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटेडले भैरहवाको पक्लिहवास्थित युनिभर्सल मेडिकल कलेज परिसरमा आफ्नो एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको छ ।
आइतबारबाट सो ठाउँमा एक्सटेन्सन काउण्टर संचालनमा ल्याइएको हो ।
एक्स्टेन्सन काउन्टरको उद्घाटन भदौ २५ गते बैंकका व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौला तथा कलेजका अध्यक्ष रमेश शर्माले संयुक्त रुपमा गरे ।
सो काउन्टरबाट नगद जम्मा, नगद भुक्तानी तथा विपे्रषण सेवा उपलब्ध गराइने बैंकले जनाएको छ ।
यस काउन्टरबाट कलेजका विद्यार्थी, शिक्षक, कर्मचारीहरु तथा पक्लिहवा क्षेत्रका सर्वसाधरणहरु प्रत्यक्ष लाभन्वित हुने बताइएको छ ।
यस बैंकले २०७३ आषाढ मसान्त सम्ममा रु ३० अर्ब ३६ करोड निक्षेप संकलन गरी रु. २४ अर्ब ८९ करोड कर्जा प्रवाह गरेको छ । यो अवधिमा बैंकले रु ७० करोड ३० लाख खुद नाफा आर्जन गर्न सफल भएको छ ।
साथै यस बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पंूजी पु¥याउन ४ वटा राष्ट्रिय स्तरको विकास बैंकहरुसंग गाभ्ने तथा गाभिने प्रक्रियाको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएको छ । यो प्रक्रिया पूरा भएपछि बन्ने एनसीसी बैंकको शाखा ९६ वटा पुग्ने बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago