काठमाण्डौ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि अत्तालिएको भारत सरकारले आन्तरिक उडानमा समेत रोक लगाउने निर्णय गरेको छ ।
भारतीय संचारमाध्यमहरुका अनुसार कोरोना भाइरसको संक्रमण फैलिने खतरालाई ध्यानमा राखी सरकारले मंगलबार मध्यरातिदेखि भारतभित्रको आन्तरिक उडानमा समेत रोक लगाउने निर्णय गरेको हो ।
मंगलबार रातिपछि भारतीय आकाशमा केवल कार्गो बिमान मात्र उड्न पाउनेछन् ।
घरेलु फ्लाइटमा अर्को आदेश नभएसम्मका लागि रोक लगाइएको समाचारमा उल्लेख छ ।
यो आदेशसँगै भारतका कुनै पनि विमानस्थलमा यात्रुबाहक बिमान उड्न पाउने छैनन् । भारतले यसअघि नै सबै खालका अन्तराष्टिय उडानमा रोक लगाइसकेको छ ।
भारतमा मंगलबार दिउँसोसम्म कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या समेत तीव्र गतिमा बढिरहेको छ ।
यस्तै, भारतले ३१ मार्चसम्मका लागि सबै रेलसेवा समेत बन्दको घोषणा गरिसकेको छ । पूर्ण लकडाउनमा गएको भारतले सीमा क्षेत्र समेत बन्द गरेको छ ।
नेपालसँग खुल्ला सीमा रहेको भारतले एकपछि अर्को कदम चाल्दा नेपाल सरकारले भने ठूला दूरीका सवारीको आवागमनमा मात्र रोक लगाएको छ । यस्तै, नेपाल सरकारले अन्तराष्टिय गन्तव्यका उडानमा १३ दिनका लागि रोक लगाए पनि आन्तरिक उडानहरु भने निर्वाध भइरहेका छन् ।
यातायात व्यवसायीहरुले ठूला दूरीका सवारी साधन संचालनमा रोक लगाए पनि विमान सेवा संचालकहरुको प्रभावमा परेर सरकारले आन्तरिक उडान भर्न दिएको भन्दै आपत्ति जनाएका छन् । सरकारको तर्फबाट आन्तरिक उडानहरु समेत बन्द गर्ने विषयमा कुनै पनि आधिकारिक सूचना आइसकेको छैन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago