काठमाण्डौ । भ्रष्टाचारको मामिलामा सामसुङ कम्पनीका उपाध्यक्ष ली जे–योङ दोषी ठहरिएका छन्। उनलाई अदालतले साढे २ वर्षको जेल सजाय सुनाएको छ।
योङमाथि कारोबारमा लाभ लिनका लागि पूर्वराष्ट्रपति पार्क ग्वेन–हेका सहयोगीलाई घुस दिएको आरोप लागेको थियो। यो मामिलामा सामसुङका पूर्वअध्यक्ष पार्क जियुन पनि समावेश रहेका छन्। अदालतले जियुनलाई पनि जेल सजाय सुनाएको छ।
सियोल उच्च अदालतले यो फैसला सुनाउँदा योङ अदालतमै उपस्थित थिए। उनलाई अदालतले आदेश सुनाउनेबित्तिकै पक्राउ गरी जेल पठाइएको छ।
बुवाको निधनपति योङले सन् २०१४ मा कम्पनी सम्हालेका थिए। ५२ वर्षीय योङमाथि सन् २०१७ को फेब्रुअरीमा भ्रष्टाचारसम्बन्धी मुद्दा लागेको थियो। उनले २७.४ मिलियन डलर घुस दिएको आरोप लागेको थियो।
सन् २०१७ मा पनि अदालतले उनलाई ५ वर्षको जेल सजाय सुनाएको थियो। तर उच्च अदालतमै अपिल गरेपछि उनी तत्काल जेलमुक्त भएका थिए। – एजेन्सी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19