siddartha bank
काठमाण्डौ । सिद्धार्थ बैंकले आगामी मंसिर २३ देखि २ अर्ब २५ करोड रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ ।
यो बैंकले ७ वर्ष अवधिको ‘एसबिएल डिवेञ्चर–२०८२’ निश्कासन गर्ने भएको हो । धितोपत्र बोर्र्डले ४ दिनअघि यो बैंकलाई ऋणपत्र निश्कासनको अनुमति दिएको थियो ।
रु. १ हजार दरका ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.५ प्रतिशत ब्याज पाउनेछन्।
यो बैंकको ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटलले गर्नेछ ।
बैंकले ४ लाख ५० हजार इकाई सर्वसाधारणका लागि र १८ लाख इकाई निजी क्षेत्रका लागि सुरक्षित गरेको छ ।
सिद्धार्थ बैंकले जारी गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपि ट्रिपल बि प्लस’को रेटिङ दिएको छ । यसले मध्यम किसिमको सुरक्षा रहेको संकेत गर्दछ ।
पछिल्लो समय ऋणपत्र निश्कासनका लागि वाणिज्य बैंकहरु आकर्षित हुँदै गएका छन् । नेपाल राष्टबैंकले मौद्रिक नीतिमार्फत ऋणपत्र निश्कासन सम्बन्धी निर्देशिकामा केही लचिलो व्यवस्था गरिदिएपछि एकपछि अर्को ऋणपत्रमा लगानीको अवसर सिर्जना भएको हो ।
यसअघि एनआइसी एसियाले ३ वटा ऋणपत्र जारी गरिसकेको छ भने चौथो ऋणपत्र समेत जारीका लागि आवेदन दिएको छ । यस्तै, सानिमा बैंकले पनि ऋणपत्र बिक्रीको प्रक्रिया अगाडि बढाएको छ । सिटिजन्स बैंकले पनि ऋणपत्र निश्कासनको प्रक्रिया थालेको छ ।
ऋणपत्र जारी गर्दा निश्चित प्रतिशत ब्याज दिए पुग्छ। ऋणपत्रलाई पूँजी कोष अनुपातमा मिलाउन पाइने भएकाले बैंकहरुले पछिल्लो समय ऋणपत्रलाई रुचाउन थालेका हुन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago