काठमाण्डौ । सनराइज बैंक लिमिटेडले मकवानपुर जिल्लाको  इन्द्रसरोवर गाउँपालिका ४ फाखेलमा शाखारहित सेवा बिस्तार गरेको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ईन्द्रसरोवर गाँउपालिका अध्यक्ष जीवन लामाले एक समारोहका बीच  गरे ।

सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि धनबीर स्याङतानलाई पोइन्ट अफ सेल मेसिन जीवन लामा र बैंकको फर्पिङ्ग शाखाका प्रवन्धक गोेबिन्द महर्जनले संयुक्त रुपमा हस्तान्तरण गरे । साथै, बैंकको फर्पिङ्ग शाखाका प्रवन्धक गोबिन्द महर्जनले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पारेका थिएए ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।  

योसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या १८ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।