काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको प्रभाव जारी रहे पनि मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा २८४.१ प्रतिशतले बढाउन सफल भएको छ।

कम्पनीको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २८ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष सोही अवधिमा ७ करोड ३१ लाख रुपैयाँ सीमित थियो। 

गैरसञ्चालन मुनाफा बढेसँगै खुद नाफामा कम्पनीले छलाङ मारेको हो। यो अवधिमा कम्पनीको गैरसञ्चालन मुनाफा २० करोड ४२ लाख रुपैयाँ रहेको छ। 

कम्पनीको वितरणयोग्य मुनाफा ११ करोड ९४ लाख रुपैयाँ रहेको छ। यो हिसाबले कम्पनीको १४ प्रतिशत बढी लाभांश वितरणको क्षमता बनाएको छ। 

कम्पनी यो अवधिमा खुद ब्याज आम्दानी पनि ६.०७ प्रतिशत बढाउँदै ३८ करोड ५ लाख आर्जन रुपैयाँ गरेको छ। जुन गत वर्ष यही अवधिमा ३५ करोड ८७ लाख रुपैयाँ रहेको छ। 

समीक्षा अवधिमा कम्पनीले १९ करोड ७१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यो मुनाफा १० करोड ३९ लाख रुपैयाँ रहेको छ।

चौथो त्रैमासमा कम्पनीले ५ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष कम्पनीले ४ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

कम्पनीले रिजर्भको आकार ११३.४० प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा कम्पनीको रिजर्भमा २७ करोड ६० लाख रुपैयाँ रहेको छ। जुन गत वर्ष १२ करोड ९३ लाख रुपैयाँमा सीमित थियो।

कम्पनीको चुक्तापुँजी १.७५ प्रतिशतले बढेर ८१ करोड १८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको चुक्तापुँजी ८० करोड ४० लाख रुपैयाँ रहेको थियो।

कम्पनीको आधार दर ५.९१ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा कम्पनीको आधार दर १०.६७ प्रतिशत रहेको छ। गत वर्ष आधार दर ११.३४ प्रतिशत रहेको थियो।

कम्पनीको खराब कर्जाको दर पनि ३.७२ प्रतिशतले सुधार गरेको छ। गत वर्ष ३.४९ प्रतिशत रहेको खराब कर्जाको दर घटेर समीक्षा अवधिमा ३.३६ प्रतिशतमा झरेको छ। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २७७.५० प्रतिशतले बढेर ३४.३४ रुपैयाँ भएको छ। गत वर्ष ९.१० रुपैयाँ रहेको थियो।

कम्पनीको पीई रेसियो ८.९७ गुणा रहेको छ।