काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले एकैपटक २ वर्षको वार्षिक साधारणसभा (एजीएम) डाकेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ र २०७८–७९को वार्षिक साधारणसभा एकैपटक आयोजना गर्ने निर्णय गरेको हो। सभा आउँदो असार २० गते काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले विभिन्न संघसंस्थालाई आर्थिक सहायता दिइएको रकम अनुमोदन गर्नेछ। सञ्चालक समितिका सदस्यको निर्वाचन पनि सभाले गर्नेछ।
सभाले ती दुवै आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।
सभा प्रयोजनका लागि कम्पनीले असार ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार ५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन पाउनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19