काठमाण्डौ । भर्खरै आईपीओ निष्कासन गरेर धितोपत्र दोस्रो बजारमा कारोबार थालेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमासमा नाफामा उछाल आएको छ।

समीक्षा अवधिमा संस्थाले ३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८९.१७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ४६ लाख ७६ हजार रुपैयाँमात्रै खुद नाफा आर्जन गरेको थियो।

चौथो त्रैमासमा संस्थालाई ८८ करोड ६६ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष संस्थाको यस्तो घाटा २ करोड ८४ लाख रुपैयाँ रहेको थियो।

यो अवधिमा संस्थाले ८ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ११८.५२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आम्दानी ३ करोड ७६ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले ६७ करोड ६ लाख रुपैयाँ सापटी लिई ९७ करोड ८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले २८ करोड १२ लाख रुपैयाँ सापटी लिई ४८ करोड ३८ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार पनि ४१०.२९ प्रतिशतले बढेर ३ करोड ७७ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ४ करोड २२ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १२ करोड ११ लाख रहेको मनकामना स्मार्टको प्रतिसेयर आम्दानी (ईपीएस) पनि २६.६० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३१.१५ रुपैयाँ रहेको छ। 

यो लघुवित्तले २ वटा लघुवित्त आपसमा मर्ज भएर गत वर्ष साउन ११ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो। साविक मनकामना र स्मार्ट लघुवित्त आपसमा मर्ज भएका थिए। 

रुपन्देहीको सिद्धार्थनगर–५ मा केन्द्रीय कार्यालय रहेको यो लघुवित्तले प्रदेश ५ लाई कार्यक्षेत्र बनाएर ३५ वटा शाखाबाट सेवा प्रदान गर्दै आएको छ।