काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४७.३२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यो अवधिमा संस्थाले २५ लाख ६२ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही संस्थालाई ५२ करोड ३५ लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १३.९६ प्रतिशतले बढेर ३ करोड ९८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ३ करोड ४९ लाख रुपैयाँमा सीमित थियो।
चालु आर्थिक वर्षको ६ महिनामा संस्थाले ५३ करोड ९१ रुपैयाँ सापटी लिई १ अर्ब ५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ४७ करोड ५४ लाख रुपैयाँ सापटी लिई ८५ करोड ७१ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी १४ करोड १७ लाख रुपैयाँ रहेको संस्थाले रिजर्भको आकार १.९३ प्रतिशत घटेर २ करोड ८१ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष रिजर्भमा २ करोड ८७ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा संस्थाको खराब कर्जा (एनपीएल) बढेर ४.९७ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल ३.७९ प्रतिशतमा सीमित थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १४.६६ रुपैयाँ, पीई रेसियो १०९.१६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३६.९२ रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago