काठमाण्डौ । प्रभूू बैंकले मंगलबारदेखि काठमाण्डौको तारकेश्वर नगरपालिकाको मनमैजुमा स्थापित शाखा औपचारिक रुपमा संचालनमा ल्याइएको छ ।
नगरपालिकाका मेयर रामेश्वर बोहोराले एक समारोहकाबीच सो शाखा कार्यालयको समुद्घाटन गरेका हुन् ।
प्रभु बैंक र साबिकको ग्राण्ड बैंक नेपाल लिमीटेडबीचको मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये खिचापोखरीस्थित प्रभु बैंक लिमीटेडको शाखा कार्यालयलाई मनमैजुमा स्थानान्तरण गरिएको हो ।
मर्जरका क्रममा शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहज रुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकको विश्वास छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago