काठमाण्डौ । गणपति माइक्रो फाइनान्स बित्तीय संस्थाले मकवानपुरको मनहरी गाउँपालिका वडानम्ब ७ मा शाखा कार्यालय बिस्तार गरेको छ । 

एक कार्यक्रमका बीच यो माइक्रो फाइनान्स कम्पनीले आफ्नो १५ औं शाखा बिस्तार गरेको हो । 

आइतबार एक समारोहका बीच माइक्रो फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले शाखा कार्यालयको उद्घाटन गरी सेवाको औपचारिक प्रारम्भ गरेका थिए। 

तनहुँको शुक्लागण्डकी नगरपालिका वडनम्बर ३ स्थित, दूलेगौंडामा मुख्य कार्यालय रहेको यो संस्थाले पछिल्लो समय आक्रामक ढंगले शाखा कार्यालय बिस्तार गरिरहेको छ ।