काठमाण्डौ । नबिल बैंक प्रवेश गरेको १४ महिनामै बैंकर मनोज ज्ञवाली महाप्रबन्धक(जिएम)मा बढुवा भएका छन् ।

कार्यकाल बाँकी छँदै ज्योति विकास बैंकको सीइओ छाडेर बसेका ज्ञवाली १४ महिनाअघि नायव महाप्रबन्धक(डिजिएम)को रुपमा नवीलमा प्रवेश गरेका थिए । 

बैंकको सोमबार बसेको संचालक समितिको बैठकले ज्ञवालीलाई बढुवा गर्ने निर्णय गरेको हो । 

राष्ट्र बैंकमा ७ वर्ष काम गरेका उनीसँग ग्लोबल आइएमई बैंकमा समेत काम गरेको अनुभव छ । उनी चार्टर्ड एकान्टेन्ट समेत हुन् ।