काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो स्मार्टफोन र मेमोरी चिप निर्माता कम्पनी सामसुङ इलेक्ट्रोनिक्स मन्दीको चपेटामा परेको छ ।

दक्षिण कोरियाली कम्पनी सामसुङको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वार्षिक आधारमा ५२ प्रतिशतले गिरावट आएको हो । कम्पनीले चिपको मार्केटमा ग्लोबल मन्दी आएका कारण मुनाफामा असर परेको हो ।

जुलाई–सेप्टेम्बर तेस्रो त्रैमाससम्म सामसुङ इलेक्ट्रोनिक्स दिग्गज सामसुङ गुप्रको प्रमुख सहायक कम्पनीको खुद नाफा ५.४० बिलियन डलर रहेको छ । जुन वार्षिक आधारमा ५२ प्रतिशतले कम हो । कम्पनीका अनुसार वार्षिक आधारमा कम्पनीको मेमोरी कारोबारमा तीव्र गिरावट आएका कारण चिपको मूल्य लगातार घटिरहेको छ ।

अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धका कारण पनि सामसुङले नोक्सानी व्यहोर्नुपरेको हो । यसले गर्दा कम्पनीको मुनाफामा निकै असर गरिरहेको छ ।

यसका साथै जापानले लगाएको प्रतिबन्धका कारण पनि सामसुङको कारोबारमा असर गरिरहेको छ । –एजेन्सी