काठमाण्डौ । जापानको केन्द्रीय बैंक “बैंक अफ जापान” ले यो वर्ष जापानको आर्थिक वृद्धिदर ३ देखि ५ प्रतिशतको संकुुचन आउने प्रक्षेपण गरेको छ। यो प्रक्षेपण बैंकले वर्षको सुुरुआतमा जापानको वृद्धिदरमा थोरै मात्र वृद्धि हुुने गरेको प्रक्षेपणभन्दा भारी गिरावट हो। 

बैंकले सोमबार निकालेको विज्ञप्तिमा देशविदेशमा फैलिएको नोभेल कोरोनाभाइरसको प्रभावका कारण जापानको अर्थतन्त्र गम्भीर अवस्थामा पुुग्ने जनाएको थियो। बैंकले कोरोनाको महामारी अन्त्य भएपछि जापानको अर्थतन्त्रमा सुुधार आउने तर भविष्यमा हुुने घटनाहरु स्पष्ट नभएको उल्लेख गरेको छ। 

जापानका अधिकारीहरुले यसअघि सन् २०२० का लागि जापानको आर्थिक वृद्धिदर ०.८ देखि १.१ प्रतिशत रहने प्रक्षेपण गरेको थियो। बैंकले सोमबार आफ्नो नीतिगत बैठकमा ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेको छ। जुुन आम रुपमा दुुई दिनसम्म कायम रहने गर्दछ। तर यो महिना भने आधी दिनका लागिमात्रै कायम गरिएको छ। 

कोरोनाभाइरसका कारण उत्पन्न आर्थिक गिरावटको भरपाई गर्न र कर्पाेरेट कोषको तनावलाई सम्बोधन गर्न बैंकले सरल उपायहरु पनि घोषणा गरेको छ। बैंकले यसका साथै असीमित सरकारी बोन्डहरु खरिद गर्ने उल्लेख गरेको छ। यसका लागि बैंकले वार्षिक रुपमा ७४५ बिलियन डलरको क्याप स्क्रिायपिङ गर्नेछ। 

सोमबारको घोषणामा खस्किएको अर्थतन्त्रलाई उकास्न बैंकले जे पनि गर्न सक्ने उल्लेख गरेको छ। जापानका प्रधानमन्त्री सिन्जो आवेले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई बचाउन यसअघि १.१ ट्रिलियन डलरको प्रतिबद्धता जाहेर गरिसकेका छन्। 

कोरोनाभाइरस फैलनुुअघि नै जापानको अर्थतन्त्र मन्दीसँग जुुधिरहेको थियो। कोरोनाको महामारीले जापानको अर्थतन्त्रको संकटलाई झनै गहिराइदिएको छ। – एजेन्सी