काठमाण्डौ । निजी क्षेत्रको टप वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटलले शाखा कार्यालय बिस्तार गर्ने भएको छ । 

मर्चेन्ट बैंकले शाखा कार्यालय बिस्तार गर्न लागेको संभवत यो नै पहिलोपटक हो । यसअघि कुनै पनि मर्चेन्ट बैंकले शाखा कार्यालय बिस्तार गरेका छैनन् । 

एनआइबिएल क्यापिटलले पहिलो चरणमा आजदेखि लगनखेलको ललितपुर र पोखरामा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । यो कम्पनीको मुख्य कार्यालय काठमाण्डौको लाजिम्पाटमा छ । 

मर्चेन्ट बैंकरले शाखा कार्यालय बिस्तारमा समेत ध्यान दिएपछि सामूहिक लगानीकोष, लगानी व्यवस्थापन सेवा, निश्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य, सेयर रजिष्टार, धितोपत्र प्रत्याभूति लगायतका काम समेत विकेन्द्रीकृत भई मोफसलका लगानीकर्तालाई राहात हुने अपेक्षा गरिएको छ ।