काठमाण्डौ । श्रृजनशिल लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा डाकेको छ ।

 कम्पनीको गत पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २८ गते शनिबारका दिन विशेष साधारण सभा डाकेको हो । 
सभा सिराहा गोलबजारमा रहेको
कम्पनीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ ।

सभामा सभामा श्रृजनशिल र मानुषि लघुवित्तबीच गाभ्नेरगाभिने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव पारित गरिनेछ ।  
 

यस प्रयोजनका लागि तोकिएको मूल्यांकनर्ताबाट दुवै संस्थाको सम्पत्ति,दायित्व तथा कारोबार मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर आदानप्रदान अनुपात(स्वाप रेसियो) स्वीकृत गरिनेछ । 

त्यसैगरी, सभाको अन्य प्रस्तावमा मर्जर सम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन गर्ने रहेको छ ।

त्यसैगरी, मर्जरपश्चात कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

विशेष साधारण सभा प्रयोजनका लागि  कम्पनीले आगामी पुस २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।