काठमाण्डौ ।  रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ठगी आरोपमा पक्राउ परेका छन् ।

संस्थाका अध्यक्ष हर्कबहादुर कठायतलाई बचकर्ताको ४ करोड रुपैयाँभन्दा बढी ठगीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको हो । 

कठायतविरुद्ध ४ करोडभन्दा बढी ठगी गरेको भन्दै १३७ जना भन्दा बढी बचतकर्ताले उनीविरुद्ध उजुरी दिएका छन् । प्रहरीले उक्त सहकारीका संचालक सदस्य विनोद कुमारलाई समेत पक्राउ गरेको छ ।