काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमीटेडको वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ । संस्थाले लाभांशको अजेण्डा बिना नै आफ्नो वार्षिक साधारणसभा गर्न गईरहेको हो ।

सभा आज बिहान ११ बजे धनकुटाको भेडेटार भिलेज रिसोर्टमा आयोजना हुन लागेको हो । 

कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश बाँड्ने छैन । यहीकारण एजीएममा समेत सोसम्बन्धी कुनै अजेण्डा राखिएको छैन । 

सभामा आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, सोही अवधिको लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्ने अजेण्डा प्रस्तुत हुनेछ । 

सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको समेत सभामा निर्वाचन हुने कार्यक्रम रहेको छ । 

साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एकदिन बुक क्लोज गरेकाले पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै सभामा भाग लिन सक्नेछन् ।