काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ ।

संस्थाको गत पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २८ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । 

उक्त सभा काभ्रे जिल्लाको बनेपा नगरपालिकामा रहेको पुतली घर रिसोर्टमा बिहान १०.३० बजे आयोजना हुनेछ । सभामा मानुषि र श्रृजनशिल लघुवित्तबीच गाभ्ने/गाभिने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव पारित गरिनेछ ।

यस प्रयोजनका लागि तोकिएको मूल्यांकनर्ताबाट दुवै संस्थाको सम्पत्ति,दायित्व तथा कारोबार मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात(स्वाप रेसियो) स्वीकृत गरिनेछ । 

त्यसैगरी, सभाको अन्य प्रस्तावमा मर्जर सम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन गर्ने रहेको छ । त्यसैगरी, मर्जरपश्चात कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

विशेष साधारण सभा प्रयोजनका लागि मानुषी लघुवित्तले आगमी पुस २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।