Mega Bank Limited
काठमाण्डौ । लामो समयसम्म अड्किएको टुरिजम बैंकसँगको मर्जर सम्पन्न गरी एकीकृत कारोबार थालेपछि मेगा बैंकले आफ्नो शाखा सञ्जाल बिस्तारमा आफूलाई आक्रामक बनाउन थालेको छ ।
यो क्रममा पछिल्लो पटक बैंकले तनहुँ, स्याङजा र धनुषामा गरी तीनवटा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकिङ पहुँच बाहिर रहेकालाई घरदैलोमै अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यले मेगा बैंकले तनहुँ जिल्लाको भानु नगरपालिका, स्याङजाको भीरकोट नगरपालिका र धनुषाको लक्ष्मीनिया गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको विज्ञप्तिमार्फत जनाएको छ । स्याङजा र धनुषामा यसअघि नै मेगा बैंकका शाखा छन् भने तनहुँमा पहिलोपटक शाखा विस्तार गरिएको मेगा बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको नीति अनुसार मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तीव्रता दिइरहेको छ । एक सातामा मेगा बैंकका ८ वटा शाखाहरु थप भएका छन् । गत साता पाँचथरको कुमायक, सिन्धुपाल्चोकको इन्द्रावती, इलाम जिल्लाको रोङ गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकामा मेगा बैंकको नयाँ शाखा विस्तार गरिएको थियो ।
मेगा बैंकका देशभर ९१ शाखा, ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago