काठमाण्डौ । मर्जर प्रक्रिया टुंगाएका वोमी लघुवित्त र नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत वित्तीय कारोबार आज सोमबारदेखि सुरु भएको छ ।
वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको अनुमति पाएका यी दुवै वित्तीय संस्थाले गत भदौ १२ गते विशेष साधारणसभाको आयोजना गर्दै मर्जर प्रक्रिया टुंगाएका हुन् ।
आपसमा मर्ज हुने क्रममा दुवै संस्थाको बोर्डको निर्णय र संयुक्त मर्जर समितिबाट नागरिक लघुवित्तको १०० कित्ताबराबर बोमी लघुवित्तको ७२ कित्ता सेयर कायम हुने गरी सेयर स्वाप अनुपातमा सहमति गरिएको छ ।
एकीकृत वित्तीय संस्थाको केन्द्रीय कार्यालय हालको नागरिक लघुवित्तको कार्यालय नै हुनेछ । संस्थाको सीईओमा बोमी लघुवित्तका हालका सीईओले निरन्तरता पाउनेछन् ।
वोमी माइक्रोफाइनान्सले २०६८ सालको नारी दिवसको अवसर पारी आफ्नो कारोबारको शुभारम्भ गरेको थियो । महिला प्रमोटरको बाहुल्यता रहेको यो संस्थाको मुख्य कार्यालय चितवनको भरतपुरमा रहेको छ ।
यो माइक्रोफाइनान्सले ३२ जिल्लामा आफ्नो सेवा बिस्तार गरिसकेको छ ।
नागरिक लघुवित्त भने २०७४ असार २५ गते पब्लिक लिमीटेड फाइनान्सियल इन्स्टिच्यूसनको रुपमा दर्ता भएको थियो । यो कम्पनीलाई नेपाल राष्टबैंकले २०७४ मंसिर २४ गते माइक्रोफाइनान्सको रुपमा संचालनका लागि स्वीकृति दिएको थियो ।
काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको यो कम्पनीको सेवा १० जिल्लामा बिस्तार भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago