काठमाण्डौ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरुबाट मर्जर र एफपीओमा भूतप्रभावी कर असूल्नुपर्ने कारण मागेको छ । 

बुधबार सर्वोच्च अदालतको पूर्ण बेञ्चले बैंक तथा वित्तीय संस्थाले हालेको मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै सरकारको नाममा कारणदेखाउ आदेश जारी गरेको हो । 

न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र सुश्मालता माथेमाको संयुक्त इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो । 

अदालतले कारणसहित कात्तिक २२ गते यो मुद्दाको सुनुवाईको अर्को मिति तोकेर त्यसअघिसम्म कारण देखाउन सरकारलाई भनेको छ । 

भदौ २९ गते १६ वाणिज्य बैंक र एउटा जीवन बीमा कम्पनीले सरकारले मर्जर र एफपीओमा भूतप्रभावी कर असूल्न खोजेको भन्दै यसलाई खारेज गर्नुपर्ने मागसहित मुद्दा हालेका थिए । असोज १० गतेका लागि पहिलो सुनुवाईको मिति तोके पनि त्यसलाई आजका लागि सारिएको थियो ।