काठमाण्डौ । मुलुकमा महँगी ह्वात्तै बढेको देखिएको छ।
नेपाल राष्ट्र बैंकले आज जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट यस्तो देखिएको हो। प्रतिवेदनअनुसार २०७८ को मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत रहेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४.१८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा मुद्रास्फीति २.९३ प्रतिशत रहेको थियो।
चालु आर्थिक वर्ष ५ महिनामा कुल वस्तु निर्यात १०५.६ प्रतिशतले वृद्धि भई रु. १०२ अर्ब ९२ करोड पुगेको छ। गत वर्ष यही महिना यस्तो निर्यात ५.१ प्रतिशतले वृद्धि भएको थियो।
समीक्षा अवधिमा कुल वस्तु आयात ५९.५ प्रतिशतले वृद्धि भई रु. ८३८ अर्ब ४१ करोड पुगेको छ। गत वर्ष यही अवधिमा यस्तो आयात ९.६ प्रतिशतले घटेको थियो।
मंसिरसम्म कुल वस्तु व्यापार घाटा ५४.७ प्रतिशतले बढेर रु. ७३५ अर्ब ४९ करोड पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो घाटा १०.९ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२.३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा चालु खाता रु. ३०० अर्ब ६९ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष यही अवधिमा चालु खाता रु. २३ अर्बले बचतमा घाटा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५२ करोडले घाटामा रहेको छ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. १९५ अर्ब १ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा शोधनान्तर स्थिति रु. १०६ अर्ब ४८ करोडले बचतमा रहेको थियो।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ६.८ प्रतिशतले कमी आई रु. ३८८ अर्ब ५८ करोड कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19