काठमाण्डौ । भारतको दिल्ली प्रदेश सरकारले मंगलबारदेखि रक्सीमा ७० प्रतिशत ‘कोरोना विशेष शुल्क’ लाग्ने निर्णय लागू गरेको छ।
दिल्ली सरकारले सोमबार राति रक्सीमा यस्तो विशेष शुल्क लागू गर्ने निर्णय गरेको हो। भारतमा सोमबार देशव्यापी लकडाउन केही खुकुलो पारेसँगै दिल्ली सरकारले रक्सी पसलहरु खोल्ने अनुमति दिएको थियो। जसका कारण रक्सी पसलहरुमा अत्याधिक भीडसमेत भएको थियो।
सरकारले रक्सीका बोलतमा छापिएको एमआरपीमा यो ‘कोरोना विशेष शुल्क’ टाँसिएको छ। अब भारतका उपभोक्ताले मंगलबारदेखि महँगो मूल्य तिरेर रक्सी खरिद गर्नुपर्ने भएको छ।
कोरोना संकटबीच लगाइएको लकडाउनका कारण भारत सरकारले ठूलो धनराशि खर्च गरेका कारण गतिलो राजस्व उठाउनका लागि यस्तो निर्णय लिनुपरेको स्रोतहरु बताउँछन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago