 
                     
                                    काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले असार ४ गते काठमाण्डौमा ‘साइन्स अफ सेल्स’ सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
बागमती प्रदेशअन्तर्गतका शाखा तथा उपशाखाका अभिकर्ताहरुलाई बिक्रीकलासम्बन्धी प्रशिक्षण दिने उद्देश्यले मित्रपार्कस्थित गोल्डेन लाईट पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमका अध्यक्ष तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।
३०० भन्दा बढी अभिकर्ता र एजेन्सी म्यानेजर, शाखा तथा उपशाखा प्रमुख र प्रधान कार्यालयका उच्च पदस्थ अधिकृतहरुको प्रशिक्षण कार्यक्रममा सहभागिता थियो।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले सहभागीहरुको स्वागत गर्दै कार्यक्रमको महत्व माथि प्रकाश पारेका थिए। लाइफ चेन्जर मोटिभेसनल प्रशिक्षक राजावाबु साहले जीवन बीमामा सम्भावित बीमितको पहिचान, उनीहहरुसँग गरिने व्यवहार, बिक्री कार्यलाई सफल कार्यान्वयन गर्नेबारेमा प्रशिक्षण दिएका थिए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सफल अभिकर्ता हुन र बीमा व्यवसाय प्रवर्द्धन गर्न चाल्नुपर्ने कदमबारेमा प्रशिक्षण दिएका थिए।
वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेल, प्रशान्तराज धमला र प्रबन्धक सीताराम धिमालको समेत उपस्थिति रहेको कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले धन्यवाद ज्ञापन गरे।
कार्यक्रमको सञ्चालन कम्पनीका वागमती क्षेत्रीय प्रमुख रामप्रसाद भुसालले गरेका थिए।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19