काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको पुस १ गते बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजार २६९ रुपैयाँको कुल १०.४७ प्रतिशतले हुन आउने ४१ करोड ९९ लाख ३९ हजार ४७८ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ४ प्रतिशतले हुन आउने १६ करोड ४ लाख ३५ हजार ३३१ रुपैयाँबराबरको बोनस सेयर र ६.४७ प्रतिशतले हुन आउने २५ करोड ९५ लाख ४ हजार १४७ रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २१ औँ वार्षिक साधारणसभाबाट वितरण गरिने बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19