काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडबीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।
बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले यस बैंकका मुलुकभर फैलिएको ८६ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सेवा सञ्चालनबाट ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बीमा सम्बन्धी सुविधा प्राप्त गर्न सक्ने बैंकको भनाई छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago