काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १६७.८६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा १७७.८८ प्रतिशतले बढेर १० करोड ६० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३ करोड ८१ लाख रुपैयाँमा सीमित थियो।

संस्थाको खुद ब्याज आम्दानी पनि ८७.४६ प्रतिशतले बढेर २४ करोड १२ लाख रुपैयाँ छ। अघिल्लो वर्ष यस्तो आम्दानी १२ करोड ८२ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाले २ अर्ब २४ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ३३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष १ अर्ब १ करोड रुपैयाँ सापटी लिई १ अर्ब ७३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार ७२.७२ प्रतिशतले उकालो लागेको छ। अघिल्लो वर्ष १२ करोड ७८ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर २२ करोड ८ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी १० करोड रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ९२.९८ रुपैयाँ पुगेको छ। पीई रेसियो ५२.३८ गुणा रहेको संस्थाको प्रतिसेयर खुद किताबी मूल्य ३२०.९० रुपैयाँ रहेको छ।