काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले यसअघि प्रस्ताव गरेको गत आर्थिक वर्षका लागि लाभांशमा संशोधन गरेको ।

संस्थाको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रस्ताव गरेको कुल २० प्रतिशत लाभांशमा २.५ प्रतिशत नगद लाभांश घटाएर कुल १७.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

संशोधन गरी प्रस्तावित लाभांशमा चुक्तापुँजी १२ करोड १० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख रुपैयाँबराबरको बोनस सेयर र ७.५ प्रतिशले हुन आउने ९० लाख ७५ हजार रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ । यसअघि संस्थाले चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

संशोधित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।